शाहरूख खानका छोरा आर्यन ब्राजिलियन अभिनेत्रीसँग डेट गर्दै

२०८० चैत्र २१, बुधबार

काठमाडौं : बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान प्रेम सम्बन्धलाई लिएर चर्चामा आइरहन्छन्।

केही महिनाअघि उनी अभिनेत्री तथा डान्सर नोरा फतेही प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो। अहिले उनी ब्राजिलियन अभिनेत्रीसँग प्रेम सम्बन्धमा रहेको बताएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार आर्यन र ब्राजिलियन अभिनेत्री लारिसा बोन्सी एकसाथ समय बिताइरहेका छन्। लारिसा गुरू रन्धावाको ‘सूरमा सूरमा’ बोलको म्युजिक भिडिओमा देखिएकी थिइन्।

उनले अक्षय कुमारको फिल्म ‘देसी ब्वाइज’ मा पनि काम गरेकी थिइन्। फिल्ममा उनको सानो भूमिका थियो। आर्यन खान बलिउडमा डेब्यू गर्दैछन्। उनी आफ्नै होम प्रोडक्सन रेड चिल्लीको फिल्म ‘स्टारडम’ निर्देशन गर्न तयारीमा छन्।

फिल्मसँगै उनी व्यापार/व्यवसायमा पनि सक्रिय छन्। उनी ‘डि याभोल एक्स’ कपडा ब्रान्डका मालिक हुन्। योसँगै उनी भारतमा आफ्नो प्रिमियम भोड्का ब्रान्ड लञ्च गर्दैछन्। यस प्रोजेक्टको लागि उनले स्लेब भेञ्चर्स नामको एक कम्पनी खोलेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार