गायक राजेशपायल राई पक्राउ

२०८० चैत्र २२, बिहीबार

काठमाडौ : चर्चित गायक राजेश पायल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

गएराति काठमाडौँको थापागाउँबाट उनीसहित अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । मदिरा पिएर होहल्ला गरिरहेका उनीहरुले सम्झाउँदा पनि नमानेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

सबैलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार