हराएकी माधवी मृत फेला परिन्

२०८० चैत्र २२, बिहीबार

बैतडी : सोमबार बिहानदेखि हराइरहेकी बैतडीकी माधवी भट्ट फेला परेकी छन्।

पाटन नगरपालिका–१० सल्लेबासा घर भएकी २० बर्षीया माधवी सोमबार बिहानदेखि बेपत्ता भएकी थिइन्। उनी मंगलबार दिउँसो घर नजिकैको चेम्बरा खोलामा फेला परेको उनका आफन्त जयराज भट्टले बताए।

खोजी गर्दै जाँदा उनी सकुशल भेटिएको हुन्। माधवी एक्लै खोलामा किन बसिन् भन्ने बिषय भने खुलेको छैन्।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। घरबाट स्याउला काट्न जान्छु भनेर हिँडेकी माधवीको मोबाइल, हसिया र डोरी बाटोमा छोडेर बेपत्ता भएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार