माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

२०८० चैत्र २२, बिहीबार

काँक्रेविहार : जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते हुनुभएकी अधिकारीको आज बिहान मृत्यु भएको उहाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार