शोभित र जयकिशनको ‘बद्री बहादुर’ प्रदर्शनमा

२०८० चैत्र २३, शुक्रबार

काठमाडौं : नेपाली फिल्म ‘बद्री बहादुरः मिस्टर संखुवासभा’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। कमेडी जनरामा निर्माण भएको फिल्मलाई शोभित बस्नेतले निर्देशन गरेका हुन्।

फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरूङ, राजीवजंग बस्नेत, एलिना गुरुङ, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं र निर्देशक बस्नेत स्वयंले अभिनय गरेका छन्। एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेतलाई दर्शकले देख्न पाउनेछन्।

कमेडी र एक्सनको मिश्रण भएकाले फिल्म हेरून्जेल दर्शकलाई रमाइलो लाग्ने विश्वास निर्माण टिमको छ। विजय गोपाल दली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता मिथुन भोटे हुन्।

रामकाजी घिमिरेको पटकथा लेखन, विनोद सापकोटाको छायांकन, शंकर महर्जनको द्धन्द्ध रहेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। फिल्मले हलमा शो भने निकै कम पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार