राप्रपा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज काठमाडौँमा मार्चपास गर्ने

२०८० चैत्र २५, आईतवार

काठमाडौँ : राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज राजधानी काठमाडौँमा मार्चपास गर्ने भएको छ ।

सेवा निवृत्त सैनिकहरूले राजनीतिक उद्देश्यका लागि सङ्गठित रूपमा सडकमा गर्ने लागेको मार्चपास भृकुटीमण्डप, सुनधारा, रत्नपार्क, पुतलीसडक हुँदै पदमोदय स्कुल अगाडि सभामा परिणत हुनेछ ।

सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिड्देन र अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकारीहरूले सम्बोधन गर्ने कार्यतालिका छ । राप्रपाले भने चैत २७ गते काठमाडाैँ केन्द्रित जनप्रदर्शन गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार