बोट पल्टिएर फेवातालमा खसेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार

२०८० चैत्र २५, आईतवार

पोखरा : फेवातालमा बोटिङ गर्नेक्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले आइतबार अपरान्ह उद्धार गरेको छ।

स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षीय सोभित परियार बोटिङ गर्ने क्रममा अचानक आएको हावाहुरीको तालमा खसेका थिए।बोट पल्टिएर भएको दुर्घटनापछि सशस्त्र प्रहरी बलको फेलातालस्थित रेक्यु टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै उद्धार गरेको हो।

हावाहुरीका कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको पनि त्यही टोलीले उद्धार गरेको सशस्त्र प्रहरीका केन्द्रीय सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार