काठमाडौं : सरकारले नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)को दुई पद सिर्जना गरेको छ ।
२२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र केनाइन कार्यालयमा प्राविधिक प्रहरी समूहतर्फ दुई पद सिर्जना गर्ने निर्णय गरेको हो ।
त्यो पदमा कार्यरत पदाधिकारीको कार्याकाल सकिएपछि यो पद स्वतः खारेज हुनेछ ।





