भूमि आयोग खारेज विरूद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश

२०८० चैत्र २६, सोमबार

काठमाडौँ : भूमि आयोग खारेज विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले (अन्तरकालीन)  अन्तरिम आदेश जारी गरेको हो।

अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ताहरु दिलराज खनाल, राजु फुयाल, विष्णुकुमार थोकर, पदमबहादुर श्रेष्ठ र शुभनराज आचार्यले निवेदकको पक्षमा बहस गरेका थिए । इजलासले अन्तरिम आदेशसँगै चैत २७ गते विपक्षीलाई बोलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार