एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित

२०८० चैत्र २६, सोमबार

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन् । जिल्ला नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका अन्य तीन जना प्रत्याशीहरू चेतनाथ सञ्जेलले एक सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गरे । यही चैत २३ गतेदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति नभएपछि आज निर्वाचन भएको हो ।

त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत, उपसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका छन् ।

उपाध्यक्षमा शाक्यले एक सय ७३ मत प्राप्त गरेका थिए । शाक्यका निकटतम प्रतिद्वन्द्वी हरिगोविन्द श्रेष्ठले एक सय १५ मत प्राप्त गरे । कूल चार सय ७८ मतदातामध्ये चार सय ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार