राप्रपाको प्रदर्शन सिंहदरबारतर्फ अघि बढेपछि प्रहरीद्वारा पानीको फोहोरा

२०८० चैत्र २७, मंगलवार

काठमाडौँ : राप्रपाको प्रदर्शन निषेधित क्षेत्र तोड्दै सिंहरदबारको मूलगेटतर्फ अघि बढेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । पानीको फोहोरापछि प्रदर्शनकारीको भिड तितरबितर भएको छ ।

राप्रपाले व्यवस्था परिवर्तनको माग गर्दै मंगलबार काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गरेको थियो । त्यसक्रममा भद्रकालीबाट सिंहदरबारतर्फ जुलुस लम्केपछि प्रहरीले पानीको फोहोरा हानेको थियो । राप्रपाको प्रदर्शनका कारण मंगलबार काठमाडौं उपत्यकाको सवारी साधन आवागमन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार