नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध २३ करोड बिगो माग गर्दै मुद्दा

२०८१ बैशाख ९, आईतवार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै आइतबार मुद्दा दर्ता गरेको छ।

उनलाई  सार्वजनिक पदमा बसेर गैरकानुनी  सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ।  त्यसैगरी पौडेलका दाजुलाईसमेत मुद्दा दर्ता गरिएको छ। उनका दाजुलाई पनि सम्पत्ति जफत प्रयोजन माग गर्दै मुद्दा दर्ता भएको विशेष अदालतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार