डेढ किलो सुन र २ करोड नगदसहित ७ जना पक्राउ

२०८१ बैशाख १४, शुक्रबार

काठमाडौँ : काठमाडौँबाट डेढ किलो सुन र नगदसहित ७ जनालाई पक्राउ गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र करिब २ करोड नगदसहित ७ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैजना भारतीय नागरिक रहेको पनि बताइएको छ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले अवैध सुन र नगदसहित उनीहरूलाई पक्राउ गरेको हो। यस विषयमा विस्तृत जानकारी दिनका लागि प्रहरीले केही बेरमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार