सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने आईएमई सम्मानित

२०८१ बैशाख १४, शुक्रबार

काठमाडौँ : सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीका रूपमा आईएमई लिमिटेड सम्मानित भएको छ ।

नेपाल राष्ट्र बैंकले आफ्नो ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा रेमिटेन्स कम्पनीमध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आईएमईलाई सम्मानित गरेको हो । आज राष्ट्र बैंकमा आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान गरे ।

रेमिट्यान्स आप्रवाहले देशको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलनसमेतमा योगदान पुर्‍याएकोले प्रशंसा पत्र प्रदान गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ । प्रशंसा पत्र ग्रहण गर्दै आईएमई  लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत पौडेलले यो सम्मानबाट ग्राहकलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधिसहितको रेमिटेन्स सेवा प्रदान गर्न आईएमई थप उत्साहित भएको बताए।

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिटेन्स भित्र्याउने बैंक तथा रेमिटेन्स कम्पनीलाई सम्मानित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार