सप्तकोसीमा डुबेका दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

२०८१ बैशाख १४, शुक्रबार

सुनसरी : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदीमा डुवेका दुई जनाको सशस्त्र प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ।

धरान उपमहानगरपालिका ३ बस्ने २३ वर्षीय रविन परियार र झापा जिल्लाको गौरदह गाउँपालिका ३ बस्ने २१ वर्षीय तुलसी प्रसाद पराजुली नुहाउने क्रममा नदिमा डुवेका थिए। जानकारी पाउनासाथै सुरक्षा वेस चतराबाट खटिएको विपद् व्यवस्थापनसहितको सुरक्षा फौजले मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो । उनीहरुको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डएिसपी सैलेन्द्र थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार