डढेलो निभाउँदा मृत्यु भएकाको परिवारलाई गोदावरीले ५/५ लाख दिने

२०८१ बैशाख १९, बुधबार

काठमाडौं : ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा गोदावरी नगरपालिका-४ बडिखेलका शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । उपचारको क्रममा दुवै जनाको मृत्यु भएपछि नगरपालिकाले राहतस्वरूप जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको जनाएको छ ।

नगरपालिकाले बुधबार शोक व्यक्त जारी गर्दै कार्यपालिकाको आकस्मिक बैठकबाट मृतकको परिवारलाई ५/५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको उल्लेख छ ।

नगरपालिकाका अनुसार अहिले सबै वडाहरूमा भीषण डढेलो लागेको र डढेलो नियन्त्रणका सबै उपाय अपनाउदा पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार