सूचनाका स्रोतहरु फराकिलो भएपनि विचारहरू संकुचित हुँदैछन् : सन्तोष परियार

२०८१ बैशाख २१, शुक्रबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सूचनाका स्रोतहरु फराकिलो भएपनि विचारहरु संकुचित हुँदै गएको बताएका छन्। काठमाडौँमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उनले नेपालको पत्रकारिताले अब विचारमा फराकिलो भएर काम गर्नुपर्ने बताए।

नेपालको समाज रुपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले भूमिका खेल्नुपर्ने बताए। उनलेसंविधानमा व्यवस्था गरेका कुराहरुमा राजनीतिक पार्टीहरु सचेत छन् की छैनन्? भन्नेकुरामा बहस हुन जरुरी रहेको बताए।

‘आज आएर सूचनाका श्रोतहरु फराकिलो भएपनि विचारहरु संकुचित हुन थालेका छन्। नेपालको पत्रकारिताले अब विचारमा अलि बढी र फराकिलो काम गर्नुपर्छ। नेपालको समाज रुपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले अझ बढी भुमिका खेल्नुपर्छ,’ उनले भने, ‘पत्रकार महासंघले एउटा अभियान छेड्नुपर्छ की, संविधानमा व्यवस्था गरेका कुराहरूमा राजनीतिक पार्टीहरू सचेत छन् की छैनन्? संविधान बमोजिम राजनीतिक पार्टीहरूले आफ्नो कर्म गर्छन् की गर्दैनन्? त्यतातिर कलम तिखार्नुपर्नेछ।’ प्रमुख सचेतक परियारले ठूलो संघर्षबाट ल्याएको व्यवस्थाप्रति राजनीतिक पार्टीहरु नै विश्वास गुमाउन थालेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार