विश्वकपमा सहभागी हुने ६ खेलाडीलाई प्रहरीले दियो शुभकामना

२०८१ बैशाख २१, शुक्रबार

काठमाडौं : अमेरिका र वेष्ट इन्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी नेपाल पुलिसले शुभकामना तथा बिदाइ गरेको छ ।

विश्वकप खेल्ने पुलिसमा आबद्ध ६ खेलाडीलाई शुक्रवार शुभकामना तथा बिदाइ गरिएको हो । पुलिसका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, सागर ढकाल र ललित राजवंशीले विश्वकप खेल्ने टोलीमा स्थान बनाएका छन् ।

उनीहरूलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको उपस्थितिमा शुभकामना दिइएको हो । विश्वकपमा सहभागी हुन नेपाली टोली शुक्रवार बेलुका त्यसतर्फ प्रस्थान गर्दै छ ।

शुभकामना तथा विदाइ कार्यक्रममा करण केसी र सागर ढकाल उपस्थित थिएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार