सिन्धुपाल्चोक : सिन्धुपाल्चोककाे चौतारा साँगाचोकगढी नगरपालिका- ८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
चौतारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२००६ प ९५३९ नम को मोटर साइकलको पछाडि सवार २३ वर्षीया इन्दिरा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनका श्रीमान् मोटरसाइकल चालक सन्तोष दुलाल घाइते भएका छन् । विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-००६ ख. २७१६ नम्बरको टिपरसँग भेट हुँदा मोटरसाइकल अनियन्त्रित भएको थियो।
अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।





