अश्लील भिडियो बनाएर बेइज्जत गर्ने युवक पक्राउ

२०८१ बैशाख ३१, सोमबार

सुलीकोट : गोरखामा सामाजिक सञ्जालमा अश्लील भिडियो बनाएर बेइज्जत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका – २ बस्ने वर्ष २५ का मन ध्वज घले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नाम परिवर्तित ध कुमारीको नाममा फेक फेसबुक एकाउन्ट खोली सामाजिक सञ्जालमा अश्लील र अपाच्य भिडियो र तस्बिरहरू राखी बेइज्जत गरेको आरोपमा पीडित युवतिको जाहेरी दरखास्तको आधारमा पिडक घलेलाई गत शुक्रवार पक्राउ गरिएको हो ।

पक्राउ परे लगत्तै पिडक मन ध्वज घले विरुद्ध आज आइतबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार