जयनगर-जनकपुर-भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

२०८१ जेष्ठ ४, शुक्रबार

ढल्केबर : भारतमा लोक सभा निर्वाचनका कारण जयनगर-जनकपुर-भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द हुने भएको छ ।

भारत मधुवनी जिल्लाको मधुवनी संसदीय निर्वाचन क्षेत्र हुन लागेको निर्वाचनका कारण जेठ ५ देखि ७ गतेसम्म जनकपुर-जयनगर रेलसेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले जनाएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले बिहीबार एका सूचना जारी गर्दै शनिबारदेखि सोमबारसम्म रेलसेवा पूर्णरुपमा बन्द रहने बताए ।

नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीले ७२ घण्टाका लागि इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार रेल सेवा तीन दिनका लागि बन्द हुनेछ । मङ्गलबार बिहानदेखि उक्त खण्डमा साबिकको समयअनुसार नियमित रेलसेवा सञ्चालन हुने जारी सूचनामा उल्लेख छ ।

यसअघि भारत मधुवनी जिल्ला झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा वैशाख २५ गते भएको लोकसभा चुनावका बेला पनि वैशाख २३ देखि २५ गतेसम्म जयनगर– जनकपुर–भङ्गहा रेलसेवा बन्द रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार