कपनबाट पेस्तोलसहित १ जना पक्राउ

२०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौं : बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भई पैंयुटार बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाल छन् । शुक्रबार उनकै डेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनको कोठाबाट बरामद भएको हतियार घरेलु कटुवा पेस्तोल रहेको खुलेको छ ।

पक्राउ परेका दर्नालविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार