काठमाडौं : गृह मन्त्रालयले तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ। बाँके, बाग्लुङ र पर्वतमा नयाँ सिडिओ पठाइएको हो।
बाँकेमा खगेन्द्रप्रसाद रिजाल, बागलुङमा नेत्र सुवेदी तथा पर्वतमा केदारनाथ शर्मालाई पठाइएको छ। बाँकेका सिडिओ श्रवण पोखरेलको अन्यत्र सरुवा भएपछि पद रिक्त थियो।
बाँकेमा खटाइएका रिजाल यसअघि बागलुङमा सिडिओ थिए। शर्मा र सुवेदी हालै मात्र गृह मन्त्रालयमा सरुवा भएका सहसचिव हुन्।





