रवि लामिछानेलाई कारबाही माग गर्दै तरुण दलको मसाल जुलुस

२०८१ जेष्ठ ७, सोमबार

काठमाडौं : नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले सहकारीको रकम हिनामिनामा संलग्न गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नुपर्ने मागसहित मसाल जुलुस प्रदर्शन गरेको छ।

तरुण दलका नेता-कार्यकर्ताले नाराबाजी गर्दै सोमबार साँझ पुरानो बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका हुन्। तरुण दलका काठमाडौं सचिव दिनेश विक्रम शाहले सहकारी ठगलाई जोगाउने सरकार र आफ्ना नेताहरूलाई संगीन आरोप लगाउने गृहमन्त्रीविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको बताए। ‘सहकारी पीडितलाई न्याय दिनुको साटो सरकारले तानाशाही प्रवृत्ति देखाएको छ। देशकै गृहमन्त्रीले आफूमाथि लागेको आरोपको डरले कांग्रेस नेतामाथि विभिन्न आरोप लगाउनु नै खेदजनक छ। यसको हामी विरोध गर्छौं,’ उनले भेन।

उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे, सरकारको तानाशाही प्रवृत्ति बन्द गर, सहकारी ठगलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे’लगायत नाराबाजी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार