खानेपानीको कुच्चिएको जारमा महानगरपालिकाको नजर

२०८१ जेष्ठ १०, बिहीबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले विभिन्न पसलहरूमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएका जार तथा बोतलहरू कुच्चिएका, टुटे फुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका साथै राम्रोसँग सिल समेत नगरिएको भन्ने जनगुनासो आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक सूचना प्रकाशित गर्दै महानगरले आम नागरिक (उपभोक्ता)को स्वास्थ्यमा खेलबाड हुनसक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरू एवं काठमाडौँ महानगरपालिकाको सहकार्य हुन आवश्यक देखिएको उल्लेख गरेको छ ।

प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ मा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुबानी तथा बिक्री वितरणको प्रबन्ध मिलाउन पनि महानगरले अनुरोध गरेको छ । मापदण्डले तोके बमोजिम भए नभएको निरीक्षणलाई पनि महानगरपालिकाले तीव्रता दिइने बताएको छ ।

jar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार