सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा कमल भट्टराई

२०८१ जेष्ठ १२, शनिबार

काठमाडाैं : सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा कमल भट्टराईलाई पठाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भट्टराईलाई विभागको महानिर्देशकमा पठाउने निर्णय गरेको हो। निर्णयबमोजिम शुक्रबार नै उनले चिठी बुझिसकेका छन्। हाल विभागको महानिर्देशक रहेका पुष्पराज शाहीलाई कार्यालय तानेर त्यहाँ भट्टराईलाई पठाइएको हो। शाही गत वर्ष १ असोजदेखि विभागको महानिर्देशकमा कार्यरत थिए।

नयाँ महानिर्देशकको जिम्मेवारी पाएका भट्टराई केही समयअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर प्रधानमन्त्री कार्यालय आएका थिए। मन्त्रालयमा आउनुअघि भट्टराई भन्सार विभागको महानिर्देशक थिए। २ फागुन ०७८ देखि २६ मंसिर ०७९ सम्म उनी विभागको महानिर्देशक थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार