मुटुको समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना

२०८१ जेष्ठ १२, शनिबार

काठमाडौं : चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचापका कारण सिरोहिया अस्पताल भर्ना भएका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले अहिले सिरोहिया काव्या अस्पतालमा उपचाररत रहेको जानकारी दिए । उनकाअनुसर उच्च रक्तचापको समस्या देखिएपछि राति प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँबाट रेफर गरेपछि काव्या अस्पताल लगिएको हो ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलवार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
6
+1
1
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार