सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख : महामन्त्री थापा

२०८१ जेष्ठ १३, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको टिप्पणी गरेका छन्।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए। अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको उनले जिकिर गरे।

‘प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र हो। प्रेसले प्रश्न उठाउन छोड्यो भने, त्यसले त्यहाँ भित्रबाट आफ्नो दुविधाहरु राख्न छोड्यो भने डेमोक्रेसी त म¥यो। त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नु हुँदैन। प्रतिपक्षलाई संसदमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने प्रयोग भइरहेको छ,’ महामन्त्री थापाले भने, ‘मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी। नेपाली कांग्रेसले अहिले लिएको पोजिसन प्रकारान्तले तपाईंहरूसँग जोडिएको छ। किनभने तपाईं आज माईतीघरको मण्डलामा उभिएर एक जना निहत्था नागरिकले प्रश्न गर्न पाउनुपर्छ।’

साथै, उनले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताउँदै प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको पनि बताए। महामन्त्री थापाले नेपाली कांग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिसँग जोडिएको बताए।

‘हाम्रो बिरोध प्रदर्शन जुन सत्ताले रवैया देखाइरहेको छ, निरंकुशता उन्मुख रवैया हो यो। यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ। यसले विस्तारै विस्तारै तपाईं हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ। अहिले बोल्ने बेला आएको छ,’ उनले भने। महामन्त्री थापाले सरकारलाई झक्झक्याउने समय आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार