सरकारसंगको सम्झौता कार्यान्वयन भएन : लोसपा अध्यक्ष ठाकुर

२०८१ जेष्ठ १३, आईतवार

मलङ्गवा : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेस आन्दोलनका क्रममा सरकारसँग भएका विभिन्न सम्झौतालाई पालना नभएको गुनासो गरेका छन् ।

उनले भने, “ जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।” लोसपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीद्वारा सदरमुकाम मलङ्गवामा आज आयोजित सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुर संविधान र कानुनलाई आफ्नो पार्टीले परिपालन गरिराखेको बताए ।

“हामी चुनाव लड्छौँ, चुनाव लड्नु भनेको त युद्ध सरह हो”, उनले भने, “ हामी शान्तिपूर्ण रुपमा अहिंसात्मक आन्दोलन गरिरहेका छौँ ।” उनको मधेस आन्दोलनको क्रममा नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दाको फिर्ता गर्न र जेलमा रहेको तथा मुद्दा लगाइएपछि फरार रहेकामाथिको मुद्दा फिर्ता गर्न सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार