काठमाडौं : हाम्रोदेश डट कमका प्रबन्ध निर्देशक दिपक पौडेल सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाले नेपाली पत्रकारिता क्षेत्रमार्फत आम जनतालाई सुसुजित गर्दै लामो समय देखि पत्रकारिता गर्दै आएको र आगामी दिन मा समेत पत्रकारिता मार्फत नेपाली पत्रकारितालाई थप उचाइमा लैजाने अपेक्षा गर्दै युवा पत्रकारिता पुरस्कारले सम्मान गरेको सम्मान पत्रमा उल्लेख छ ।

सम्मान पत्रमा सञ्चार मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका अध्यक्ष सुर्य सुवेदीले हस्ताक्षर गरेका छन् ।
पौडेल काठमाडौं शाखाका साधारण सदस्य तथा हाम्रोदेश डट कमका संचालक समेत हुन् ।





