काठमाडौँ : आज बिहान बसेको विपक्षी दलको बैठक सकिएको छ ।
नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेससहितका विपक्षी दलको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी रहेका थिए । सरकारले आजै ल्याउने बजेका सन्दर्भमा छलफल भएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।





