काठमाडौं : मिजोरमको राजधानी आइजोलमा पहिरोका कारण ढुंगा खानीमा भएको दुर्घटनामा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा धेरै मानिसहरु भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
मुख्यमन्त्री लालदुहोमालाई उद्धृत गर्दै अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसले बिहान ११ बजेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको बताएको छ । मिजोरमका मुख्यमन्त्री लालदुहोमाले चक्रवात रेमालबाट प्रभावितलाई राहत उपलब्ध गराउन कूल १५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।
मुख्यमन्त्रीका अनुसार पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने छ । चक्रवाती आँधी रेमालका कारण मिजोरममा भारी वर्षा भइरहेको छ । मिजोरमका प्रहरी महानिर्देशक (डीजीपी) अनिल शुक्लाले समाचार एजेन्सी पीटीआईलाई भने कि धेरै ठाउँमा बिजुलीका पोल र रूखहरू पनि उखेलिएका छन्।





