संसद चार यारहरूको बन्धक बन्यो : सिके राउत

२०८१ जेष्ठ १५, मंगलवार

काठमाडौँ : जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले संसद चार जना नेताहरुको बन्धक बनेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौँमा नौलो गणतन्त्र आन्दोलन उद्घाटन गर्दै उनले दलीय सिण्डिकेटबाट मुक्त गरेर ह्वीप नलाग्ने व्यवस्था गर्न आवश्यक रहेको बताए।  सांसदहरूले स्वतन्त्र रुपमा जनताका लागि ऐन, कानूहरु बनाउन सक्ने व्यवस्था हुनुपर्ने बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कहिले प्रधानमन्त्री पद जान्छ भन्ने चिन्ता मात्रै रहेको बताए।

‘अहिले जुन संसद छ, व्यवस्थापिका छ, त्यो चार यारहरुको बन्धक बनको छ। पहिला सांसदहरुलाई मुक्त गर्नुपर्छ। त्यहाँ २७५ जना दासहरु बसेका छन्। म लगायत भन्छु। उनीहरुले बोलेर पनि त्यहाँ केही हुँदैन,’ उनले भने, ‘छलफल गरेर पनि केही हुँदैन, डेढ वर्ष हामीले हेरिसक्यौँ। २७५ जनालाई मुक्ता गरौँ, दलीय सिण्डिकेटबाट मुक्त गरौँ। ह्वीप नलाग्ने व्यवस्था ल्याऔँ। त्यसका लागि नौलो गणतन्त्र हामीले घोषणा गरेका हौँ।’

अहिलेको अस्थिर समयमा लगानी कसैले नगर्ने जिकिर गर्दै राउतले जनताले प्रत्यक्ष रुपमा चुन्न पाउने प्रधानमन्त्रीय व्यवस्था हुनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार