बस भिरबाट खस्दा २८ जनाको मृत्यु

२०८१ जेष्ठ १६, बुधबार

बलोचिस्तान : पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको मृत्यु भएको छ । तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेको थियो ।

यस दुर्घटनामा महिला र बालबालिकासहित कम्तीमा २८ जनाको मृत्यु भएको छ । अरू २२ जना घाइते भएका छन् । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

बस क्वेटा जाँदै थियो । बस बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट करिब ७०० किलोमिटर टाढा रहेको वासुक सहर नजिकै भिरमा खसेको हो । तीव्र गतिका कारण सो दुघर्टना भएको बताइएको छ । अर्को एक मिडिया रिपोर्टमा भने बसको टायर फुटेका कारण दुर्घटना भएको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार