काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यबाट आतंकित भएकाहरु मोर्चाबन्दी गरेर कमजोर पार्ने षड्यन्त्रको मतियार बनिरहेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै महासचवि पोखरेलले यो मुलुकको नेतृत्व एमालेबाहेक अरुले कसैले गर्न नसक्ने दाबी गरे ।उनले भने, ‘राष्ट्रिय राजनीतिलाई सही बाटोमा अघि बढाउन चुनौती छन् । एमाले चौतर्फी घेरबन्दी र आक्रमणबाट गुज्रिरहेको छ । त्यसलाई डटेर सामना गर्न सक्नुपर्छ । एमालेको भविष्यबाट आतंकित भएकाहरु मोर्चाबन्दी गरेर एमालेलाई कमजोर पार्ने षड्यन्त्रको मतियार बनिरहेका छन् ।’





