हावाहुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि ४ गाउँमा खानेपानीकाे समस्या

२०८१ जेष्ठ २०, आईतवार

बैतडी : बैतडीमा हावाहुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएको छ। जिल्लाको पाटन नगरपालिका-१ स्थित गणेशपुर सहित ४ गाँउमा खानेपानीको सोलार पाता उडाएको हो। खानेपानीको सोलार पाता उडाएपछि त्यहाँ नागरिकहरुलाइ खानेपानीको समस्या भैरहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव भट्टराईले बताए।

शनिबार दिउँसो साढे चार बजेतिर आएको हावाहुरीले पाटन लिफ्ट खानेपानी योजनाको सोलारपाता उडाएको भट्टराईले जानकारी दिए। हावाहुरीले खानेपानीका सोलार पाता उडाएसँगै ४ गाउँमा खानेपानी अवरुद्ध भएको छ। यस्तै,३ ओटा विद्यालय, अस्थायी प्रहरी पोष्ट बयलचौरा, बयलचौरा बर्थिङ सेन्टरमा समेत खानेपानीको आपूर्ती बन्द भएको खानेपानी समितिका व्यवस्थापक पदमराज भट्टराईले जानकारी दिए।

हावाहुरीले खानेपानी तान्नका लागि राखिएका ७५ ओटा सोलार पातामध्ये ३० ओटा उडाएर काम नलाग्ने बनाएको भट्टराईले बताए। हावाहुरीले सोलारका पाता उडाएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ। पाटन लिफ्ट खानेपानी योजनामार्फत १ सय १९ घरधुरीमा खानेपानी आपूर्ती हुँदै आएको छ। खानेपानी बन्द भएसँगै स्थानीयहरुलाई खानेपानीको जोहो गर्न निकै समस्या भएको नागरिकहरुले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार