गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना, एकजनाको मृत्यु, ७ घाइते

२०८१ जेष्ठ २१, सोमबार

काठमाडौँ : गुल्मीको भार्सेबाट बुटवल आउँदै गरेको जिप पुर्तिघाटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी तथा सूचना अधिकारी शंकर पोखरेलका अनुसार सोमबार बिहान गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जिप गुल्मी कालीगण्डकी गाउँपालिका- ४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी गुल्मीको सत्यावती गाउँपालिका-८ भार्सेकी ३२ वर्षीया कमला बुढाथोकीको दुर्घटनास्थलमै मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। घाइते हुनेमा सत्यवती–८ भार्सेका ३७ वर्षीया रीता छन्तेल, उनकी छोरी ४ वर्षीया इरिसा छन्तेल,७५ वर्षीय टेकबहादुर काला, २३ वर्षीय मेघबहादुर बराल गम्भीर घाइते भएका छन् । त्यस्तै २६ वर्षीय अजय नेपाली, ४६ वर्षीय दुरपती बराल र चालक २९ वर्षीय केशव राना रहेका छन्। घाइतेहरूलाई उपचारको लागि पाल्पा पठाइएको छ। जिप आफैं दुर्घटनामा परी सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार