संस्कृति तथा पर्यटन मन्त्री बन्दै रञ्जिता श्रेष्ठ

२०८१ जेष्ठ २१, सोमबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनःगठन गर्ने भएका छन्। नागरिक उन्मुक्ति पार्टीलाई समेटर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनःगठन गर्न लागेका हुन्।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एक हप्ताभित्र आफू मन्त्री बन्ने बताएकी छन्। प्रधानमन्त्री दाहालले हप्ता दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जिम्मेवारी दिने वाचा गरेको उनको भनाइ छ। प्रधानमन्त्री दाहालले हितबहादुर तामाङलाई फिर्ता बोलाएर रञ्जितालाई मन्त्री बनाउन लागेका हुन्।

पार्टीभित्र संरक्षक रेशम चौधरी र रञ्जिताबीच अझै मतभेद् रहेको छ। सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा उनीहरूबीचको विवाद कायमै छ। पार्टीको विवाद उत्कर्षमा पुगका बेला अध्यक्ष रञ्जिताले सरकारमा आफू नजाने बताएकी थिइन्। उनले कैलालीकै सांसद अरुण चौधरीलाई मन्त्री बनाउने आवश्वासन दिए पनि आफैं मन्त्री बन्ने तयारी गरेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार