झरनामा फोटो खिच्ने क्रममा लडेर एक जनाको मृत्यु, तीन जना घाइते

२०८१ जेष्ठ २२, मंगलवार

फिदिम : पाँचथरको फालेलुङ गाउँपालिका ६ मा अवस्थित मुवा झर्ना घुम्न गएका एक युवकको लडेर ज्यान गएको छ । झर्नाको सौन्दर्यमा फोटो खिच्ने क्रममा लडेर सख्त घाइते भएका फिदिम २ का १८ वर्षीय एल्सन मगरको उपचारका लागि झापा लैजाने क्रममा निधन भएको हो ।

साथीहरूसँग झरना घुम्न गएका उनीहरू फोटो खिच्ने क्रममा चिप्लेर लडेका थिए । गम्भीर घाइते हुन भएका एल्सनलाई तत्काल पाँचथर अस्पताल ल्याइए पनि उपचार सम्भव नभएपछि झापा तर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीसँगै चिप्लेर लड्दा फिदिम ११ का २० वर्षीय सुदिप आङवो, फिदिम २ का राजन फागो र फिदिम ११ कै विशाल विश्वकर्मा घाइते भएका छन् ।

उनीहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हेमन्तबहादुर भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार