नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन माग

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौं : सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदका लागि आवेदन माग भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै टेलिकमको प्रबन्ध निर्देशकका लागि दरखास्त माग गरेको हो। इच्छुक योग्य व्यक्तिले मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्न सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।

टेलिकमको प्रबन्ध निर्देशकमा आवेदन दिन ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको हुनुपर्नेछ। यस्तै, मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने न्यूनतम मापदण्ड तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार