रास्वपाका सांसद नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर प्रतिनिधि सभाको बैठकमा

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधि सभाको बैठकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर सहभागी भएका छन्। आजको बैठकमा सांसदहरू टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा जर्सी लगाएर बैठकमा सहभागी भएका हुन्।

बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए। १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ। समूह ‘डी’को पहिलो खेल नेपाली समय अनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार