टी२० विश्वकप लाइभ गर्न देशभरका स्थानीय तहलाई मन्त्रालयको निर्देशन

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ : सरकारले अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ। युवा तथा खेलकुद मन्त्रालयकी शाखा अधिकृत प्रमिला खरेलका अनुसार, सचिवस्तरीय निर्णयअनुसार सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजीकरणका लागि सचिवस्तरीय निर्णय अनुसार अनुरोध गरिएको हो।

मन्त्रालयले सबै स्थानीय तहहरूले सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम उपयुक्त गरी नेपाल खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन अनुरोध गरिएको छ। मन्त्रालयसँगको समन्वयमा काठमाडौँ महानगरपालिकाले लाइभ गर्नका लागि तयारी अघि बढाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार