उदयपुर : मदन भण्डारी लोकमार्गको उदयपुर सडकखण्डमा मालबाहक टिप्परले ठक्कर दिँदा मोटरसाईकल सवार २ जनाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका १३ र चौदण्डीगढी नगरपालिका-९ को सीमास्थल फुलजोरस्थित घुम्ती सडकमा उक्त दुर्घटनामा भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार बिहान ९ः४५ बजेको समयमा मिक्स गिट्टी बोकेर बेलटारबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०२–००१ ख ८५१४ नम्बरको टिप्परले विपरित दिशातर्फ गईरहेको प्र १–०६–०५२ प ३९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बेलका नगरपालिका १ का ३० वर्षिय रबिन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ की ३१ वर्षीया हिरा राईको मृत्यु भएको हो।
उनीहरु दुर्घटना परी गम्भीर घाईते भएका र दुवैको उद्दार गरी जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा ११ः३० बजेतिर अस्पतालका डक्टरले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निरीक्षक (इन्सपेक्टर) विद्यासुन्दर साहले बताए।
।





