विराटनगर : विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले आइतवार विहान कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका छन् ।
मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको थियो ।
त्यही विरोधमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुले कार्यालयतर्फ गइरहेको योजना आयोगको गाडीमा तोडफोडपछि आगजनी गरेका हुन् । निजी स्कुलहरुले मनपरि शुल्क असुलेको विरोधमा गत बिहीबार विद्यार्थी समूहले रंगेली नगरपालिका तोडफोड गरेको प्रहरीले जनाको छ ।





