काठमाडौं : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर ददिकोटका डिल्लीराज राउतको रु दुई करोड लुटपाटमा संलग्न रहेको अभियोगमा मङ्गलबार चार जना पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा ओखलढुङ्गा मानेभन्ज्याङ–३ घर भइ हाल ललितपुर बस्ने ३५ वर्षीय मोनाराज राई, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३१ वर्षीय भीमबहादुर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ बस्ने ३१ वर्षीय सुजन रसाईली तथा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’ मा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार कृष्णबहादुर बोहरा रहेका छन् । रासस





