महानगर प्रहरीले जफत गरेको गाडी गल्ती भयो भन्दै विभागीय प्रमुखलाई फिर्ता

२०८१ असार १२, बुधबार

काठमाडौं : काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले गत बिहीबार बानेश्वरबाट नियन्त्रणमा लिएको गाडी कामपा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले फिर्ता गरेका छन्।

नगर प्रहरीबाट गल्ती भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत परिवारले कामपा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठलाई फिर्ता गरेका हुन्।

परियारले नगर प्रहरीले रिसिइवीका आधारमा गाडी जफत गरेको भन्दै मंगलबार सो गाडीको चाबी वातावरण विभाग प्रमुख श्रेष्ठलाई फिर्ता गरेका हुन्। गत बिहीबार महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वको टोलीले श्रेष्ठको निवासबाट सो गाडी जफत गरेको थियो।

महानरपालिकालाई ईयूले अनुदानमा दिएको बि एए ४८२० नम्बरको मारुती सुजुकी कार श्रेष्ठको निवासबाट जफत गरेको थियो। तर मंगलबार प्रमुख प्रशासकीय अधिकृत परिवारले श्रेष्ठलाई कार्यकक्षमा बोलाएर गाडीको चाबी दिएका हुन्।

वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले आफूले चाबी बुझेको स्वीकार गरे। प्रमुख प्रशासकीय अधिकृत परिवारले श्रेष्ठलाई ‘तपाईंले चढ्ने गाडी हो, नगर प्रहरीले जफत गरेछ, गल्ती भयो, अब तपाईंले चढ्ने हो’ भन्दै चाबी फिर्ता गरेको महानर स्रोतले जनायो।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले श्रेष्ठसँगको रिसिइवीको आधारमा गाडी जफत गरेको स्रोतले जनाएको छ। पछि आन्तरिक छानविन हुँदा श्रेष्ठको घरायसी काममा सो गाडी प्रयोग नभएको पाइएपछि श्रेष्ठलाई गल्ती भयो भन्दै गाडी फिर्ता गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार