अविरल वर्षाका कारण विराटनगर जलमग्न

२०८१ असार १२, बुधबार

काठमाडौँ : अविरल परेको पानीले निकास नपाउँदा विराटनगर बुधबार जलमग्न भएको छ । गएरातिदेखि परेको वर्षाले महानगरका १९ वटै वडावासी डुबानबाट प्रभावित भएका छन् । डुबानका कारण बुधबार अधिकांश विद्यालय बन्द भएकाछन् । सडकभन्दा माथि नाली निर्माण हुनु र नालीको पानीले पनि निकास नपाउँदा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ ।

विराटनगर-४ अन्तर्गत एयरपोर्ट क्षेत्रसहित रामजानकी टोल, रेग्मी समाज टोल र कुमारी राइसमिल आसपासको बस्ती डुबानमा परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार