काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा थियो।
युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा थियो। बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६४ र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९९ पैसा थियो। कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ४० पैसा थियो।





