चट्याङले लागेर कावासोतीमा महिलाको मृत्यु

२०८१ असार १३, बिहीबार

नवलपुर : नवलपुरको कावासोतीमा चट्याङ लागेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती १४ अग्यौलीका बुद्धिराम महतोको खेतमा धान रोप्ने क्रममा कावासोती १४ की ४६ बर्षीया दिलकुमारी थरुनी चट्याङ लागेर घाइते भएका थिए । उनको मध्य विन्दु जिल्ला अस्पताल डन्डामा उपचार पश्चात् थप उपचारका लागि चितवन भरतपुर रेफर गरिएको थियो ।

चितवन लैजाने क्रममा थरुनीको बाटोमै निधन भएको आशङ्का लागि देवचुली नगर अस्पताल दुम्कौलीमा चेक गर्दा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार