रास्वपाले बोलायो संसदीय दलको बैठक, सरकारबाट फिर्ता होला ?

२०८१ असार २२, शनिबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।

आइतबार साढे ९ बजे बस्नेगरी बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने उनले बताए। बैठकमा विकसित राजनीतिक घटनाक्रम, सरकारका कामकारबाही, दुवै सदनमा पारित भएको बजेट लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक परियारको भनाई छ।

‘अहिले राजनीतिक घटनाक्रम अस्वाभाविक रूपमा विकसित भएको छ। सरकारमा हाम्रो दल सहभागी भएकाले त्यसका कामकारबाहीको समीक्षा पनि गर्नुपर्ने छ,’ उनले भने,‘यसबाहेक दुवै सदनले बजेट पारित गरेको छ, त्यसबारे पनि छलफल हुन्छ।’ सरकारबाट फिर्ता हुने/नहुने विषयमा पनि आवश्यक छलफल हुनसक्ने रास्वपा स्रोतले बतायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार